पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ

पाेखरा | फागुन १२, २०८०

पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ

पोखरा:    पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । 


सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ । 

प्रहरीले बरामद गरेको सुनका गरगहना


तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्